काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
यसअघि आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कायम भएको थियो । आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले घटेको हो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा ४ हजार ७२५ रुपैयाँ कारोबार भएको थियो ।


