काठमाडौं । एआईजी दाहालसँग चोलेन्द्र निकट बिचौलिया इनम सापकोटाको पनि ‘कनेक्सन’ देखिएको जाँचबुझको निष्कर्ष छ ।
आचरण विपरीतको काम गरेको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरीका एआईजी दाहालमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनी कुमार पोखरेललाई दिइएको थियो । एआईजी दाहालसँग चोलेन्द्र निकट बिचौलिया इनम सापकोटाको पनि ‘कनेक्सन’ देखिएको जाँचबुझको निष्कर्ष छ ।
सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ । त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ
