काठमाडौं । ३ जना सहसचिवहरु सचिवमा बढुवा भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले चन्द्रकान्त भण्डारी, नवीनराज सिंह र चक्रबहादुर बुढालाई राजपत्रांकित विशिष्ट (सचिव) मा बढुवा गरेको हो ।
भण्डारी नेपाल लेखापरीक्षण सेवा समूहका हुन् भने सिंह इन्जिनियरिङ सेवा समूहका र बुढा नेपाल प्रशासन सेवा समूहका हुन् ।
भण्डारी महालेखा परीक्षकको कार्यालयमा नायब महालेखापरीक्षक थिए । सिंह लगानी बोर्डमा कार्यरत छन् भने बुढा महिला, बालबालिका, लैगिङ्क तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत छन् । उनी २०७१ सालमा जाजरकोट जिल्लाको पिछडिएको क्षेत्र प्रयोग गरेर सहसचिव भएका हुन् ।
