काठमाडौं । । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरीबतास सम्भव नरहेको बताएका छन् ।
मंगलबार तनहुँमा आयोजित पार्टी जागरण अभियानअन्तर्गत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहमा प्रतिनिधिसभाको जस्तो हुरीबतास आउन सम्भव नरहेको जिकिर गरेका हुन् ।
‘स्थानीय तहमा पहिलाको जस्तो हुरी बतास आउन सम्भव छैन । स्थानीय तहमा संघको जस्तो जसलाई हाले पनि हुने भनेर हुँदैन । सबैलाई थाहा हुन्छ, आफ्ना आफन्त, नातागोता कोको छन् । अब हामीले नै जस्तो हुन्छ, हुन्छ भनेर छोडिदियौं भने र हामी त हार्नेवाला नै हो भनेर हिंड्यो भने त एउटा कुरा हो,’ उनले भने ।

