काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा हाजिर नभएको र बिदा स्वीकृत नगरी बिदा बसेको भन्दै सातजना इन्जिनियरलाई सेवाबाट हटाएको छ । भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।
सेवाबाट हटाइएका इन्जिनियरहरूमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेशप्रसाद पौडेल र पदमेन्द्रप्रसाद श्रेष्ठ छन् ।


