काठमाडौं । आज बिहानै ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प गएको m छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ओलाङचुङगोला केन्द्र बनाएर भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको केन्द्रले जनाएको छ । भूकम्पले क्षति पुगे रनपुगेको विवरण भने आइसकेको छैन ।

