काठमाडौं । ललितपुर जिल्ला अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई धरौटीमा छोड्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले कोषाध्यक्ष जोशीलाई १५ लाख र लेखा अधिकृत पाण्डेलाई १२ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी टिकाध्वज कार्कीले जानकारी दिए।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले केही दिनअघि जोशी र पाण्डेलाई पक्राउ गरेको थियो।
