काठमाडौं । पार्टीबीच निकै रस्साकस्सीकै बीचमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह काठमाडौँको खुलामञ्चमा जारी छ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प स् समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित महाधिवेशन आयोजना गरिएको हो।
उद्घाटन सत्र सकिएपछि बन्दसत्र र अन्य कार्यक्रम सोमबार र मंगलबार हुने कांग्रेसले जनाएको छ।
