काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ५१ जना नायब सुब्बाको सरुवा गरेको छ
मन्त्रालयको आज गरेको सरुवाको निर्णयानुसार विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयमा कार्यरत नायब सुब्बाहरूलाई सरुवा तथा कामकाजमा खटाइएको हो ।
मन्त्रालयले हिजो पनि उपसचिवहरुको सरुवा गरेको थियो । भदौं महिनामा सरुवा गर्ने प्रावधान भए पनि सरुवा न्यायोचित र औचित्यपूर्ण नभएको कतिपय कर्मचारीको गुनासो छ ।
को कहाँ पुगे ?








