काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। शशांक कोइरालाले शेरबहादुर देउवा नै पार्टीको वैधानिक सभापति रहेको दाबी गरेका छन्।
बिहीबार देउवा स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका नेता कोइरालाले यस्तो दाबी गरेका हुन्।
उनले पार्टीभित्रको आन्तरिक एकतामा जोड दिँदै बाहिरिएका पक्षहरूलाई पुनः मूलधारमा समाहित गर्नुपर्ने बताए। कोइरालाले पार्टीलाई एक ढिक्का बनाउने प्रयास जारी रहने उल्लेख गरे। पार्टी सभापति गगनकुमार थापाप्रति लक्षित गर्दै उनले पार्टीबाट छुट्टिएर गएको बताए।


