काठमाडौं । मकवानपुरमा जीप दुर्घटना परी गम्भीर घाइते भएकालाई उपचारका निम्ति काठमाडौं ल्याइएको छ ।
उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालमा ल्याइएको हो ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो जिप अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खोल्सामा खसेको थियो ।
सो जिपमा उच्च अदालत वीरगञ्ज इजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना सवार थिए ।


