काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले नै जनताको अघिकारमाथि हमला गरिरहेको आरोप लगाएका छन् ।
बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै विगतमा पञ्चायती निरङ्कुशता विरोधीदेखि निरङ्कुश राजतन्त्र विरोधी आन्दोलन गरेको स्मरण गरे।
उनले भने, ‘सबैले पाएका पहिचान र अधिकार माथि पनि प्रतिक्रान्तिकारी प्रतिगामी हमला भइराखेको छ । हाम्रा मजदुर किसान र श्रमजीवी जनता माथि राज्यकै तर्फबाट हमला भइराखेको छ। त्यसको सामना गर्ने मुख्य जिम्मेवारी पनि अहिले इतिहासले हाम्रै काँधमा दिएको छ।’
उनले जनताको अधिकारमाथिको हमला नरोकिए सडकबाटै प्रतिवाद गर्नुपर्ने हुनसक्ने बताए। लाखौँ क्रान्तिकारी कार्यकर्ता र नेताहरूको जमात भएको पार्टी नेकपा नै भएको जिकिर थरे।


