काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिएका छन् ।
बिहान ११ बजे बस्ने बैठकमा पार्टीको दस्तावेज, स्थानीय निर्वाचनका लागि उमेदवार छनोट रूपरेखा २०८३ अनुमोदन, राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफल हुनेछ ।
बैठकले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा अनुमोदन गर्नुका साथै केन्द्रीय उम्मेदवार छनोट समिति गठन गर्ने तयारी गरेको छ। उम्मेदवार छनोटको प्रक्रिया र विधिबारे कार्यकर्तालाई जानकारी गराउन देशव्यापी प्रशिक्षण तथा अभिमुखीकरण सञ्चालन गर्ने प्रस्तावसमेत बैठकमा पेस हुँदैछ।


