काठमाडौं । नेपाली कांग्रेसका नेता एवं १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले संस्थापनले घोषणा गरेको महाधिवेशनका गतिविधिहरूमा सहभागी नहुन पार्टीका सबै तहका कार्यकर्ताहरूलाई आह्वान गरेका छन्।
शुक्रबार संस्थापन इतर पक्षका नेताहरूको छलफलपछि डा. कोइरालाले प्रेस विज्ञप्ति जारी गरेका हुन्।
त्यसपछि डा. कोइरालाले जारी गरेको विज्ञप्तिमा कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद विचाराधिन रहेको उल्लेख गरेका छन्। सर्वोच्च अदालतले आधिकारिकतासम्बन्धी मुद्दा फेरि हेर्ने अनुमित दिएको उनले स्मरण गराएका छन् ।
‘गम्भीर विवादको अवस्थामा कथित विशेष महाविधेशन पक्षले अधिवेशन वा महाविधेशन गर्यो भने पार्टीका सबै तहका संरचनागत रुपमा विभाजनको प्रक्रिया सुरु हुने स्पष्ट देखिन्छ,’ डा. कोइरालाले भनेका छन्, ‘आगामी स्थानीय तथा प्रदेश सभा सदस्यको निर्वाचनमा समेत पार्टीलाई झनै नकारात्मक असर पर्दछ भन्ने हम्रो ठहर छ।’


