काठमाडौँ । विशेष अदालत काठमाडौंले सम्पत्ति शुद्धिकरणको आरोप लागेका व्यवसायी दीपक भट्टलाई थुनामा पठाउन आदेश जारी गरेको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश बासुदेव आचार्य र न्यायाधीश हेमन्त रावलको इजलासले भट्टलाई थुनामा पठाउने आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरणको पहिलो मुद्दामा थुनामा रहेका उनीहरूलाई अर्को मुद्दामा विशेष अदालतमा उपस्थित गराइएको थियो । यसअघि यी दुवैजना सम्पत्ति शुद्धीकरणको अर्को मुद्दामा थुनामै थिए ।


