काठमाडौं । संघीय निजामती सेवा विधेयकमा प्रस्तावित ५५ वर्ष उमेर वा सेवा अवधि ३० वर्ष पुगेपछि कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्थामा अर्थ मन्त्रालयले सहमति दिएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहमतिका लागि अर्थमा पठाएकोमा अर्थले सहमति दिएको हो।
३० वर्ष सेवा अवधि पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अवकाश दिने व्यवस्था विधेयकको सबैभन्दा चर्चित विषयमध्ये एक हो। यो व्यवस्था कार्यान्वयन गर्दा ठूलो संख्यामा कर्मचारी अवकाशमा जान सक्ने भएकाले राज्यको निवृत्तिभरण दायित्व र रिक्त हुने पदमा नयाँ कर्मचारी नियुक्त गर्दा थपिने खर्चबारे प्रश्न उठ्दै आएको थियो।


