काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई रुट दिन भारत सकारात्मक रहेको बताएका छन्।
राजदूत श्रीवास्तवले मंगलबार लुम्बिनीमा आायोजित योग दिवसमा हवाई रुटबारे छलफल सकारात्मक दिशामा अघि बढिरहेको बताएका हुन् ।
दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको बताउँदै भारतले त्यही अनुसार काम गरिरहेको उनको भनाइ थियो।
योगले नेपाल र भारतलाई जोडेको र पछिल्लो समय विश्वभर फैलिनु खुसीको विषय भएको धारणा उनले राखे।


