काठमाडौं । खानेपानी मन्त्रालयले मेलम्चीको खानेपानीबारे अनावश्यक हल्ला फिँजाइएको भन्दै त्यसको पछि नलाग्न आग्रह गरेको छ मन्त्रालयले एक सूचना जारी गर्दै पानी सफा रहेको रहेको स्पष्ट पारेको छ ।
“मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी प्रसारण गरिएको छ,” मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउनसक्ने भए तापनि फ्लसिङसँगै क्रमशः सफा पानी प्रवाह हुन्छ ।”
खानेपानीको गुणस्तरमा शंक नगर्न र बाहिरी हल्लाहरूको पछि नलाग्न मन्त्रालय मातहतका खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित निकायहरूलाई आग्रह गरिएको छ ।


