काठमाडौं । आसोज २६ गतेदेखि नेपाल भ्रमणमा आउन लागेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको भ्रमण स्थगित भएको छ।
इजरायल–हमास युद्धका कारण उनको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको हो।
अहिलेको भ्रमण स्थगित भए पनि उनको भ्रमणको अर्को मिति छिट्टै टुंगो लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। नयाँ मितिका लागि मन्त्रालयले गृहकार्य गरिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागिता जनाउन अमेरिका जाँदा महासचिव गुटेरेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।


