काठमाडौं । प्रदेश १ को नाम कोसी राख्ने विषयमा दलहरूबीच सहमति भएको बुझिएको छ । प्रदेश १ को आजै बिहान ११ बजे तोकिएको प्रदेश सभा बैठकमा नामाकरणको प्रक्रिया प्रवेश गराउने तयारी छ ।
प्रदेश १ को नाम कोसी नामाकरण गर्न दुई तिहाइको सुनिश्चित भइसकेको नेकपा एमालेका एक प्रदेश सभा सदस्यले जानकारी दिए । नामाकरणको सबै प्रक्रिया आजै टुंगो लगाइने उनले दाबी गरे ।
प्रदेशको नाम प्रदेश सभाको दुई तिहाइ बहुमतबाट राख्नुपर्ने संविधानको धारा २९५ को उपधारा ९२० मा उल्लेख छ । सोही व्यवस्था अनुसार प्रदेश १ को प्रदेशसभा नियमावली (पहिलो संसोधन) २०७४ को नियम ५८ को उपनियम (ख) मा प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव पेश गर्ने व्यवस्था गरिएको छ ।
नियमावलीअनुसार नामकरण सम्बन्धी प्रस्तावको लागि दर्ताको सूचना सभामुखले तोके बमोजिम हुने भनिएको छ ।


