काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोषी ठहर भएका छन् । डोनाल्ड ट्रम्पलाई न्युयोर्कस्थित अदालतले एक यौन अभिनेत्रीलाई घुस दिएर निर्वाचनअघि चुप बस्न लगाएको अभियोगमा दोषी ठहर गरेको हो ।
अमेरिकाको इतिहासमा पहिलोपटक बहालवाला वा पूर्वराष्ट्रपतिविरुद्ध आपराधिक मुद्दा चलेर दोषी ठहर गरिएको हो । अमेरिकाका राष्ट्रपति जो बाइडेनको प्रचार अभियान चलाउने टिमले फैसलालाई उचित भन्दै कोही पनि कानुनभन्दा माथि नहुने जनाएको छ ।