काठमाडौं । आज पनि देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विभागले जनाएको छ
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वाग्मती प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
कोसी प्रदेशमा साधारणतया बदली रही देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।
विभागले दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ ।