काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन्।
नीतिले मौद्रिक सहजीकरणबाट मात्रै माग बढाउनु दीघर्कालीन वित्तीय स्थायित्व जोखिम हुने भन्दै सजगतापूर्ण लचिलो दिशालाई निरन्तरता दिएको छ।
मूल्यवृद्धि दर पाँच प्रतिशतमा सीमित राख्ने नीतिमा उल्लेख छ। त्यस्तै, कर्जा वृद्धिदरको लक्ष्य १२.५ प्रतिशत राखिएको छ।
नयाँ मौद्रिक नीतिमा निर्माण व्यवसायीलाई सहजीकरण गरिएको छ। चेक अनादर भएका आधारमा निर्माण व्यवसायीलाई कालो सूचीमा नराखिने भएको छ।


