काठमाडौं । पार्टी संस्थापन पक्षले कारबाही स्वरुप पुर्व उपसभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेकोप्रति नेता डा. शशांक कोइरालाले आपत्ति जनाएका छन् ।
कोइरालाले खड्कालाई स्पष्टीकरण सोध्ने कार्यले पार्टीभित्रको बृहत एकता बाधक बन्ने देखिएको पनि उल्लेख गरेका छन् ।
कोइरालाले बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टी आधिकारिकताको विवादको मुद्दा अदालतमा विधाराधीन रहेका बेला यस किसिमका आन्तरिक गतिविधिले पार्टी जीवनलाई थप संकटतर्फ धकेल्ने निश्चितप्रायः देखिएको उल्लेख गरेका छन् ।
‘पूर्णबहादुर खड्काज्यूलाई सोधिएको स्पष्टीकरण पार्टीभित्रको बृहत एकताका लागि बाधक बन्ने देखिन्छ । अदालतमा मुद्दा विधाराधीन रहेका बेला यस किसिमका आन्तरिक गतिविधिले पार्टी जीवनलाई थप संकटतर्फ धकेल्ने निश्चितप्रायः छ‚’ उनले लेखेका छन् ।


