काठमाडौं । तिब्बततर्फबाट आएको बाढीले रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान करिब ९ बजेको समयमा अचानक आएको ठूलो बाढीले टिमुरे बजारको बस्ती क्षेत्रमा क्षति पुगेको हो ।
बाढीले पुर्याएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
जनधनको ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरेका छ । जिल्ला प्रहरीबाट कोहीसँग् पनि सम्पर्क गर्न नसकिएको र दर्जनौं बस्तीका साथै बजारहरु बगाएको उनले बताएका छन् । तटीय क्षेत्रमा रहेका सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि सम्पर्कमा आएका छैनन् ।
रसुवा भन्सार कार्यालयको अवस्थाबारे समेत यकिन जानकारी प्राप्त हुन सकेको छैन। बाढी खोलाको किनार हुँदै सडकसम्म आइपुगेकाले भन्सार क्षेत्रको अवस्था हेर्नसमेत नसकिएको अधिकारीले बताए।


