काठमाडौं । साताको अन्तिम कारोबार दिन विहीबार पनि शेयर बजार उच्च अंकले बढेको छ । बिहीबार २९.२१ अंकले बढेको हो।
बिहीबार दुई करोड दुई लाख ३७ हजार ७८० कित्ता सेयर सात अर्ब आठ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार करिब ६ महिनायताकै उच्च हो । यसअघि गत माघ ७ गते सात अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
सबैभन्दा धेरै जीवन बिमा क्षेत्रको समूहगत परिसूचक ३.०६ प्रतिशतले बढेको छ ।
बलेफी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । समाज लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ४.५९ प्रतिशतले घटेको छ ।


