काठमाडौं । नेकपा एमालेले वाग्मती प्रदेशमा ६ मन्त्रालय पाउने भएको छ । यसैबीच उसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नामसमेत टुंगो लगाएको छ ।
सांसदहरू प्रकाश श्रेष्ठ, अमन मास्के, किरण थापामगर, प्रेमभक्त महर्जन, सुकमाया तामाङ र कृष्णप्रसाद सिलवाल मन्त्री बन्ने पक्का भएको स्रोतले बताएको छ । एमालेले ६ मध्ये पाँचजना नयाँ अनुहार पठाउने भएको छ । ।
वाग्मतीको मुख्यमन्त्री भने नेपाली कांग्रेसले पाएको छ ।


