काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराएका हुन्। नवनिर्वाचित सभापति थापाले असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।
गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा सम्पन्न १५ औँ महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा चन्द्रकान्त भण्डारी र ई मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका थिए।
त्यस्तै, महामन्त्रीत्रयमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला निर्वाचित भएका थिए। यसैगरी विभिन्न क्लष्टरबाट ११ जना सहमहामन्त्री निर्वाचित भए।
