काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकारले घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने बताएका छन् ।
बुधबार नेपाल घरेलु तथा साना उद्योग महासङ्घको प्रतिनिधि मण्डलसँग अर्थ मन्त्रालयमा छलफल गर्दै अर्थमन्त्री पौडेलले घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धनका निम्ति कानुन, नियम, निर्देशिका तथा निर्णयहरूमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।


