काठमाडौं । बुधबार शेयर बजार नेप्से सूचक ६४.२५ अंकले बढेको छ ।
बुधबार लगानीकर्ताले २१ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार गर्दा २०७८ साउन ३१ गतेको २१ अर्ब ६१ करोड रुपैयाँको कारोबारलाई उछिनेको हो।
अघिल्लो पटकको बुलमा अधिकतम २१ अर्ब ६१ करोडको कारोबारले रेकर्ड बनाउँदा नेप्से सूचक २७६० अंकमा पुगेको थियो।


