काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको केही समयभित्रै मुलुकमा शतप्रतिशत विद्युतीकरण घोषणा हुने बताएका छन् ।
उनल आज विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
आठ वर्षअघि करिब ५८ प्रतिशत घरधुरीमा मात्र विद्युत् पुगेको उनले उल्लेख गरे । विद्युत् सेवा हाल करिब ९९ प्रतिशतभन्दा बढीमा पुगेको भन्दै उनले सरकारले सञ्चालन गरेको ‘उज्यालो नेपाल’ अभियानको सबैभन्दा ठूलो सफलता नै यही भएको बताए ।
कार्यकारी निर्देशक घिसिङले प्राकृतिक र प्राविधिक कारणले केही क्षण बत्ती जाने र आउने हुने गरेको बताए ।


