काठमाडौं । केही दिनदेखि उच्च अंकले उकालो लाग्न थालेको शेयर बजार आइतबार पनि ९४.५३ अंकले बढेको छ ।
आज ३३० कम्पनीको ६ करोड ३२ लाख १ हजार ३२३ कित्ता सेयर २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँमा खरिदबिक्री भए।
कारोबार रमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १ अर्ब ५२ करोड २ लाख ४७ हजार ३७० रुपैयाँको सेयर कारोबार भयो।
यसैगरी शिवम् सिमेन्टको १ करोड १६ लाख रुपैयाँको सेयर कारोबार हुँदा नेपाल इन्फ्रास्टक्चर बैंकको ६८ करोड , नेपाल फाइनान्सको ५९ करोड र अपर तामाकोशी हाइड्रोपावरको ५५ करोड मूल्य बढीको सेयर कारोबार भयो।
कारोबारमा आएका २२५ स्टक्सको मूल्य बढ्दा १५ वटाको घट्यो । २ स्टक्सको मूल्य भने यो दिन स्थिर रह्यो।


