काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो सुरु गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले शोको उद्घाटन गरेका हुन् ।
टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स र सर्बो लुब्रिकेन्ट सहप्रायोजक रहेको नाडा अटो शो २०२४ मा साना ठुला गरि १३० वटा स्टल रहने छन् भने ९५ वटा अटोमोबाइल ब्रान्ड तथा अटो कम्पोनेन्ट कम्पनीहरूको सहभागिता रहने आयोजक नाडाले जनाएको छ ।
यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ दई पाने बान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन्। साथै, ३३ कम्पनीहरूमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरू रहने छन् भने अटो शोमा ७ वटा बैंक तथा वित्तीय संस्थाहरूको समेत सहभागिता रहनेछ ।


