काठमाडौं । कोशी प्रदेश सरकारमा आज नेपाली कांग्रेस सहभागी हुने भएको छ ।
एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा जाने निर्णय गरेको लामो समयपछि कांग्रेस सरकारमा सहभागी हुन लागेको हो । यद्यपि, कांग्रेसकै संस्थापनइतर अर्थात डा. शेखर कोइराला समूहलाई छाडेर कांग्रेसको संस्थापन पक्ष मात्रै सरकारमा सहभागी हुने छ। सरकारमा तत्काललाई संस्थापन पक्ष र कृष्णप्रसाद सिटौला पक्षबाट मात्रै मन्त्री पठाउने तयारी छ।
तत्काललाई कांग्रेसले ३ मन्त्री र १ राज्यमन्त्रीलाई सरकारमा पठाउने छ।