काठमाडौं । मंगलबार एकल अंकले बढेको शेयर बजार बुधबार भने ९० अंकले घटेको छ । आज १२ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ बराबरको दुई करोड ६५ लाख ८४ हजार १९२ कित्ता सेयर एक लाख ३७ हजार १६३ पटकमा खरिद–बिक्री भएको छ ।
उच्च अंकले बजार घट्दा ३१ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, २१३ कम्पनीको सेयर मूल्य घटेको छ । घट्दो बजारमा एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त तथा इस्टर्न हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।