काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले लगानीकर्तालाई आकर्षित गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् । उनले विहीबार नेपाल पूर्वाधार सम्मेलन २०२४ लाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन्।
उनले पूर्वाधार क्षेत्रमा लगानी अभिवृद्धि गर्न सहयोगी हुने गरी पूँजीगत र वित्तीय व्यस्थामा बजेट विनियोजन गरिएको जानकारी गराए । ‘पूर्वाधार क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने गरी मौद्रिक नीतिमा गरिएको व्यवस्था तथा बैक तथा वित्तीय क्षेत्रको नियामकीय प्रावधानहरु पूर्वाधार लगानी बनाउँदै लगिएको छ। यसका लागि आवश्यकता र अनुभवहरुका आधारमा थप प्रबन्ध गर्दै जान सरकार प्रतिवद्ध छ’ उनले भने।
उनले नेपालमा सहज व्यावसायिक वातावरण निर्माण गर्न वर्तमान सरकार प्रतिबद्ध र क्रियाशील रहेको धारणा राखे।


