काठमाडौं । आइतबार सामान्य अंकले बढेको शेयर बजार सोमबार भने उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ५९.०२ अंकले घटेको हो ।
आज ३२९ स्क्रिप्सको १ करोड ३५ लाख ५ हजार ९०३ कित्ता सेयर ५ अर्ब ६६ करोड ३ लाख २ हजार ६८३ रुपैयाँमा खरिदबिक्री भए।
उच्च अंकले घटेको सेयर बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। यसदिन हिमालयन हाइड्रोपावरको सेयर सर्वाधिक बढ्यो। सो कम्पनीको सेयर ९.८४ प्रतिशतले बढ्यो। एक्सेल डेभलपमेन्ट बैंकको ८.१२, सिभिल डिवेन्चर २०८८को ५.८१,रावा इनर्जी डेभलपमेन्टको ५.३३ र नेपाल फाइनान्सको ५.११ प्रतिशतले बढ्यो।
सबै समूहको सूचक नकारात्मक देखिएका छन्। फाइनान्स समूहको सूचक सर्वाधिक ५.५६ अंकले घट्यो। कारोबारमा आएका १४ स्टक्सको मूल्य बढ्दा २२९ वटाको घट्यो भने एक समूहको उपसूचक स्थिर रह्यो।