काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजारमा पहिरो गएको छ । सोमबार नेप्से परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा अडिएको छ।
आज ३१२ स्क्रिप्सको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयर ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३८३ रुपैयाँमा खरिदबिक्री भए।
यसदिन दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ९.९२ ,रावा इनर्जी डेभलपमेन्टको ५.३७ र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको सेयर ५.३२ प्रतिशतले बढेको हो।


