काठमाडौं । मंगलबार पनि शेयर बजार एकल अंकले बढेको छ । मंगलबार नेप्से ६.९० अंकले बढेर बन्द भएको छ ।
आज १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँको धितोपत्र कारोबार भयो । सोमबार १३ अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक बढेको छ । निर्जीवन बिमा समूहको ४.७८, जीवन बिमाको २.२८, विकास बैंकको १.३२, होटेल तथा पर्यटनको ०.६५ र माइक्रोफाइनान्स समूहको परिसूचक ०.३६ प्रतिशतले बढेको छ ।


