काठमाडौं । गृह मन्त्रालयले बाढीपहिरो प्रभावित आठ जिल्लामामा समन्वय गर्नका लागि गठन गरेको कार्यदलका संयोजकहरु आजदेखि आफ्नो कार्यक्षेत्रमा खटिएका छन् ।
बाढी–पहिरो प्रभावित जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा खटाइएको हो ।
मन्त्रालयका अनुसार काठमाडौंमा गोविन्द प्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायण प्रसाद अर्याल, काभ्रेपालञ्चोकमा वासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई खटाइएको छ । उनीहरुले खोज, उद्धार र राहत उपलब्ध गराउन तथा थप समन्वय गर्न पठाइएको हो ।