काठमाडौं । बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन भएको छ । आज सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो ।
सरकारले राजदूत पदमा सिफारिस गरेपछि लम्सालको संसदीय सुनुवाइका लागि भदौ ५ गते परराष्ट्र मन्त्रालयले समितिमा पत्र पठाएको थियो ।
समितिमा लम्सालबिरुद्ध एउटा उजुरी समेत परेको थियो ।