काठमाडौं । सोमबार झिनो अंकले बढेको शेयर बजारमा आज ११४.७० अंकले बढेको छ ।
मंगलबार साढे ७ अर्ब रूपैयाँभन्दा बढीको शेयर खरिदबिक्री हुँदा डेढ दर्जन कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १८ वटा कम्पनीमध्ये ११ वटा फाइनान्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ५ वटा जलविद्युत, नेपाल वेयर हाउस र सिटी होटलको शेयर मूल्य १० प्रतिशतले बढ्यो ।
३०७ वटा कम्पनी सामेल भएको आजको कारोबारमा सबै समूहको बढोत्तरी छ ।