काठमाडौं । मंगलबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से ३१।४८ अंकले बढेको हो ।
यसदिन २०५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ३२ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।
आज तीन अर्ब ६ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन जानकी फाइनान्स कम्पनी र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
मंगलबार कारोबारमा आएका १३ मध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचकबाहेक सबै समूहको परिसूचक वृद्धि भएको छ ।


