काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला एक लाख ६५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो प्रतितोला ६ सय रुपैयाँ बढेर सुनको मूल्य एक लाख ६५ हजार ६ सय पुगेको थियो।
त्यसैगरी तोलामा पाँच रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको दुई हजार एक सय रुपैयाँ पुगेको छ। हिजो २० रुपैयाँ बढेर चाँदीको मूल्य दुई हजार ९५ रुपैयाँ कायम भएको थियो।


