काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयले एकैपटक ४७ जना कर्मचारीको सरुवा तथा पदस्थापना गरेको छ ।
मन्त्रालयले शाखा अधिकृत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत रामप्रसाद ओलीलाई स्वास्थ्य सेवा विभाग, टेकुमा सरुवा गरेको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकुमा कार्यरत सुरेश भट्टराईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ ।
यसैगरी, केही नायब सुब्बाको सरुवा तथा पदस्थापन भएको छ । यस्तै मन्त्रालयको स्रोतको अनुसार तिहार सकिए लगतै एकै स्थानमा लामो समयदेखि रहेका रैथाने स्वास्थ्यकर्मीहरु पनि ठूलो सख्यामा सरुवा गर्दै छ ।



