काठमाडौं । निकै चर्चाबीच आज विश्वकै शक्तिराष्ट्र अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात हुँदैछ ।
निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् ।
मतदाताहरूको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।