काठमाडौं । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका पूर्वमन्त्री एवं नेकपा (एमाले)का सांसद लीलावल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने निर्णय गरेको छ ।
सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले पक्राउ परेका अधिकारीलाई मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै नचल्ने निर्णय गरेका हुन् । ।
प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारबाट पनि भ्रमण स्वीकृत नगराई जापान उडेका अधिकारीले तीनजना युवकलाई लगेको प्रकरणमा मन्त्री पद गुमाएका थिए । उनलाई त्यसपछि नेकपा एमालेले सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो।
सरकारी वकिलको कार्यालय काठमाडौंले अन्य ११ जनाविरुद्ध भने मुद्दा चलाउने निर्णय गरेको छ ।