काठमाडौं । भारतस्थित उत्तराखण्डमा यात्रृ बस दुर्घटना हुँदा २० जनाको ज्यान गएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार गढवाल–रामनगर मार्गको साल्टनजिक भएको दुर्घटनामा हालसम्म २० जनाको मृत्यु भइसकेको छ।
जानकारीअनुसार सोमबार बिहान गौरीखालबाट रामनगरका लागि बस छुटेको थियो। बसमा ४० भन्दा बढी यात्रु सवार थिए।