काठमाडौं । पूर्व मुख्य सचिव बैकुण्ठ अर्यालले राजीनामा दिएका छन् ।
सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतका न्यायधीशहरु अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले पूर्व मुख्य सचिव अर्याललाई सफाइ दिएको थियो ।
विशेषबाट सफाइ पाए लगतै अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट रमाना बुझेका थिए । त्यहाँबाट रमाना बुझेका उनले हिजो राष्ट्रिय योजना आयोगमा हाजिर गरेर हिजै साँझ राजीनामा बुझाएका हुन ।
सरकारले योजना आयोगमा सिर्जित विशेष पदमा कायम गरेपछि झण्डै एक वर्ष पदावधि बाँकी रहेका अर्यालले हिजो राजीनामा दिएका हुन।


