काठमाडौं । आजबाट काठमाडौंमा नेपाल स्वास्थ्य सम्मेलन सुरु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको यो सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्लेलनमा साझेदारी प्रवद्र्धन, ज्ञान आदानप्रदान र देशको स्वास्थ्य क्षेत्रका चुनौतीबारे छलफल हुनेछ ।
‘नेपाल स्वास्थ्य सम्मेलन २०२४ स् नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’ शीर्षकमा आयोजित सम्मेलनको मन्त्रालयका सचिव डा। रोशन पोखरेलले उद्घाटन गरे ।
सम्मेलनबाट प्रवासी नेपाली समुदाय र स्वास्थ्य क्षेत्रका समस्या पहिचान तथा तिनको निराकरणमा सहयोग पुग्ने सचिव पोखरेलले विश्वास व्यक्त गरे । आधुनिक प्रविधिको प्रयोगले स्वास्थ्यलाई प्रभावकारी बनाउन मद्दत मिल्ने उनको भनाइ छ ।
